Birendranagar Municipality

खराब स्वास्थ्यका कारण राजीनामा दिँदै जापानका प्रधानमन्त्री

एजेन्सी
खराब स्वास्थ्यका कारण राजीनामा दिँदै जापानका प्रधानमन्त्री

१२ भदौ । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने तयारी गरेका छन् । शुक्रबार दिउँसो देशबासीको नाममा सम्बोधन गर्दै आबेले राजीनामाको घोषणा गर्ने तयारी गरेको बताइएको छ।

 

खराब स्वास्थ्यका कारण उनले राजीनामा दिने तयारी गरेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका बिबिसीले जनाएको छ। पछिल्लो एक सातामा मात्रै उनको थुप्रै स्वास्थ्य परीक्षणहरु गरिएका थिए।

 

६५ वर्षका उनी लामो समयदेखि बिरामी थिए। पछिल्लो समय उनको अवस्था झन् खराब हुँदै गएको छ। आबेले आफ्नो स्वास्थ्यका कारण सरकारलाई समस्या नपरोस् भन्ने चाहना राख्दै राजीनामा दिने तयारी गरेका हुन्।

 

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

 

गएको सोमबार उनले जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको रेकर्ड बनाएका थिए।

२०७७ भदौ १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्