१२ भदौ । अर्बपति व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।
चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन् ।
'आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो', चौधरीले लेखेका छन्, 'मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।'
चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन्।
प्रतिकृया दिनुहोस्