१२ भदौ । मोरङकी सज्जा चौलागाईं तेस्रो नेपाल आइडल बनेका छन् ।
शुक्रबार सम्पन्न नेपाल आइडल सिजन ३ को फाइनल राउण्डबाट उनी विजेता बनेकी हुन् । उनले नगद ५० लाख रुपैया प्राप्त गरेकी छन् ।
प्रतिस्पर्धामा बर्दियाका प्रविन बेडवाल फर्स्ट रनर अप भएका छन् । उनले १० लाख रुपैया प्राप्त गरेका छन् ।

यस्तै सेकेण्ड रनर अप बनेका महोत्तरीका किरण कुमार भुजेलले ५ लाख रुपैया प्राप्त गरेका छन् ।

कोरोना महामारीका कारण सिमित व्यक्तिको उपस्थितिमा भएको उक्त कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेताको घोषणा गरेका थिए ।
पोखराका बुद्ध लामा पहिलो र कैलालीका रवि ओड दोस्रो नेपाल आइडल बनेका थिए ।
प्रतिकृया दिनुहोस्