Birendranagar Municipality

पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु

सेरोफेरो
पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु

१४ भदौ । पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार पाँच सय ६१ पुगेको छ ।


पछिल्लो २४ घण्टामा १२ हजार सात सय १७ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा १२ सय २१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार आठ सय २२ पुगेको छ ।

 

अब नेपालमा १७ हजार पाँच सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ९७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

 

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२०७७ भदौ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्