१४ भदौ । अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले अब सँधैका लागि शुल्क नलिन निर्देशन दिएको हो ।
यसअघि राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यस्ताे व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने बताएको थियो ।
लकडाउन खुलेपछि पुनः शुल्क लिन थालिएपनि राष्ट्र बैंकले कोरोना महामारीको बेलासम्म भन्दै निःशुल्क गर्न मौद्रिक नीतिमै व्यवस्था गरेको थियो ।
साथै ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो निर्देशन गरिएको राष्ट्र बैंकले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्