Birendranagar Municipality

पछिल्लो २४ घण्टामा १०६९ जना कोरोना सङ्क्रमित, ११ जनाको ज्यान गएको पुष्टि

सेरोफेरो
पछिल्लो २४ घण्टामा १०६९ जना कोरोना सङ्क्रमित, ११ जनाको ज्यान गएको पुष्टि

१६ भदौ ।  २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । यस संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार ५ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा १०६९ जनामा सङ्क्रमण देखिएको हो ।

 

यस्तै गएको २४ घण्टामा सात सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार एक सय ७८ पुगेको छ ।

 

अब नेपालमा १८ हजार एक सय १२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ९० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

 

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा तीन सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना थपिएका हुन् ।

२०७७ भदौ १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्