Birendranagar Municipality

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढ्यो

सेरोफेरो
पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढ्यो

१६ भदौ । पेट्रोलको मुल्य लिटरमा २ रुपैयाँ बढेको छ । १०५ रुपैयाँ रहेको पेट्रोलको मुल्य १०७ पुगेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।


तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (मंगलबार) मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनित मणि उपाध्यायले बताए ।

 

मुल्य समायोजन हुँदा पनि भारतिय सिमा रक्सौल संग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२.२६ र डिजेल प्रति लिटर ३६.७५ नेपाल तर्फ सस्तो रहेको निगमले जनाएको छ । 

Ayal Nigam

२०७७ भदौ १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्