Birendranagar Municipality

सैन्य भिडन्तको अवस्था आए भारतलाई सन् १९६२ को भन्दा ठूलो क्षतिः चिनियाँ मुखपत्र

देशसञ्चार
सैन्य भिडन्तको अवस्था आए भारतलाई सन् १९६२ को भन्दा ठूलो क्षतिः चिनियाँ मुखपत्र

१७ भदौ । सीमा विवादलाई लिएर भिडन्तको अवस्था आए भारतले सन् १९६२ को भन्दा ठूलो क्षति बेहोर्नु पर्ने चेतावनी चिनियाँ पक्षले दिएको छ ।

 

चीनको सरकारी पत्रिकार ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘यदी भारत सैन्य भिडन्त चाहन्छ भने चीनको पिपुल्स लिबरेशन आर्मी भारतीय सैनिकलाई सन् १९६२ को भन्दा कयौँ गुणा बढी नोक्सानी पुर्‍याउने छ ।’

 

चीनकाे मुखपत्र ग्लोबल टाइम्सको सम्पादकीय भारतको अग्रेजी पत्रिका टाइम्स अफ इन्डिया’ पनि प्रकाशित गरेको छ । भारत र चीनबिच पूर्व लद्दाखको सीमा क्षेत्रमा पछिल्लो समय देखिएको विवादका बिच ग्लोबल टाइम्सको सम्पादकीय मार्फत चेतावनी आएको हो ।

 

गएको हप्ता ग्लोबल टाइम्सले एक सर्वेक्षणलाई उद्धृत गरी ९० प्रतिशत चिनियाँ भारतविरुद्ध कारवाहीको पक्षमा रहेको उल्लेख गरेको थियो ।

 

ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘चीन भारत भन्दा धेरै गुणा शक्तिशाली छ र भारत चीनको सामना गर्न आएमा टिक्ने छैन । हामीलाई भारतको यो भ्रम तोड्नु पर्छ कि उ अमेरिका जस्तो शक्तिसँग गठबन्धन गरेर चीनको सामना गर्न सक्नेछ ।’

 

भारत–चीन सीमाका विषयमा भारत अवसरवादी रहेको आरोप पनि ग्लोबल टाइम्सको सम्पादकीयमा उल्लेख छ । समस्याको समाधान शान्तिपूर्ण रुपमा हुने पर्ने भए पनि भारतको अवसरवादका कारण त्रास बढाउने गरेको उल्लेख छ ।

 

सन् १९६२ मा भारत र चीनबिच सीमालाई लिएर युद्ध भएको थियो । दुई देशबिच भएको सो पहिलो भिडन्तमा भारतले ठूलो क्षति बेहोरेको थियो।

२०७७ भदौ १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्