Birendranagar Municipality

बुधबार कर्णालीमा ९५ जनामा कोरोना संक्रमण पुष्टि

सेरोफेरो
बुधबार कर्णालीमा ९५ जनामा कोरोना संक्रमण पुष्टि

१७ भदौ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ९५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

 

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा बुधबार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशका अनुसार जुम्लामा ३९ जना, कालीकोटमा २२, सुर्खेतमा १७ जना, दैलेखमा पाँच जना, बाँकेका ४ जना, जाजरकोट र कैलालीका २/२ जना, बर्दिया, बझाङ, दार्चुला र दाङका १/१ जनामा संक्रमण देखिएको छ ।

 

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र १० का एकजना महिलासहित २१ जना पुरुष, हिमा र सिँजा गाउँपालिकाका दुईजना पुरुष, पातारासी, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाका २/२ जनामा संक्रमण देखिएको माहाशाखाले जनाएको छ ।

 

यसैगरी कालीकोटको तिलागुफा नगरपालिका वडानम्बर दुईमा मात्रै २० जनामा संक्रमण देखिएको छ । जस्मा ५ जना महिला र १५ जना पुरुष रहेका छन । सान्नी त्रिवेनी वडा नं. ६ का एकजना पुरुषमा पनि संक्रमण देखीएको छ ।

 

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १, २, ७ र १२ का एकजना महिलासहित ६ जना, बराहाताल गाउँपालिका वडा नं. १, ४ र १० का तीन वर्षीय बालकसहित ४ जना पुरुष, लेकबेशी नगरपालिका ९, का चार वर्षीय बालकसहित एकजना पुरुष र दुईजना महिलामा संक्रमण पुष्टि भएको छ ।

 

यसैगरी सिम्ता गाउँपालिका, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको छ । यससँगै कर्णणालीमा कोरोना संक्रमितको संख्या २५५१ पुगेको छ ।

 

साथै, कर्णालीमा बुधबार थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २१२५ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

 

कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ४२० जना संक्रिय संक्रमित आइसोलेसनमा रहेको माहाशाखाले जनाएको छ ।

२०७७ भदौ १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्