१७ भदौ । काठमाडौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् । निषेधाज्ञा पहिला भन्दा केहि खुकुलो हुने जनाईएको छ ।
साबिकको निषेधाज्ञा निर्णयलाई निरन्तरता दिँदै सात दिन समय थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
जसअनुसार अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ। निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । प्रजिअ दाहालका अनुसार प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिइएने छ । यसअघि निर्माण सामग्रीका सवारीसाधन राजधानी प्रवेशमा रोक लगाईएको थियो ।
उल्लेखित सबैमा सामाजिक दूरी र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने छ। साथै स्वाब परीक्षण गर्न दिएर होम क्वारेनटाइनमै बस्ने नियम कडाइसाथ लागू गरिएको र स्वाब दिनेहरूलाई घरमै निगरानीमा राखिने प्रजिअ दाहालले बताए।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण नघटेपछि जारी निषेधाज्ञालाई निरन्तरता दिईएको प्रशासनले जनाएको छ ।
जारी आदेश हेर्नुहोस् :




प्रतिकृया दिनुहोस्