Birendranagar Municipality

राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

सेरोफेरो
राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

१८ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा गौतमलाई सिफारिस गरिने जानकारी गराएका थिए ।

 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सिफारिस गरिएको जानकारी दिए।

 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडा वा गौतम कसलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो।

 

राष्ट्रपतिबाट मनोनित गर्ने ३ मध्ये १ जना राष्ट्रिय सभा सदस्य पद ६ महिनादेखि रिक्त छ ।

२०७७ भदौ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्