Birendranagar Municipality

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी केन्द्रीय क्याम्पसको रणनीतिक योजना बन्ने

सेरोफेरो
मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी केन्द्रीय क्याम्पसको रणनीतिक योजना बन्ने

१९ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसले रणनीतिक योजना निर्माण गर्ने भएको छ ।


केन्द्रीय क्याम्पस सुर्खेतमा कार्यरत प्राध्यापक तथा कर्मचारीको शुक्रबार सम्पन्न बैठकले रणनीतिक योजना निर्माण गर्न क्याम्पस प्रमुखको अध्यक्षतामा समिति गठन गरेको छ ।


मानविकी र सामाजिकशास्त्रको महत्व स्थापित गर्न तथा समाजसंग सहकार्य गर्न यस्तो रणनीति आवश्यक भएको क्याम्पस प्रमुख तेजविक्रम बस्नेतले बताए ।


उनले भने, ‘हाल पेशागत विषयमा विद्यार्थीको बढी आकर्षण भएको पाइन्छ । यद्धपी मानव अनुभवको कुरा मानविकीले गर्ने हो र समाज बुझ्न सामाजिकशास्त्र अपरिहार्य छ । हामीले कसरी मानविकी अन्तर्गतका विषयलाई पेशागत बनाउन सकिन्छ भन्नेमा पनि ध्यान दिने बेला आएको छ ।’


बैठकमा मानविकी र सामाजिकशास्त्र संकायका निमित्त डिन कमलेश डिसीले प्राविधिक विषय पढेपनि काम गर्ने थलो मानव समाज भएकाले विद्यार्थीले समाज बुझ्न जरुरी भएको बताए ।


उनले भने– ‘समाज र त्यसका अवयव नबुझी कोरा प्राविधिकहरुलाई काम गर्न कठीन हुन्छ । अतः सामाजिकशास्त्र अन्तर्गतका विषयले विद्यार्थीलाई समाजमा घुलमिल हुन सिकाउँछ । मानविकीको सबैभन्दा ठूलो महत्व यही हो ।’


बैठकले केन्द्रीय क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि गरी समग्र विश्वविद्यालयको स्तर सुधार्न विभिन्न समितिहरु समेत गठन गरेको छ ।


उक्त समितिहरुलाई आवश्यक कार्यविधि निर्माण तथा कार्यान्वयनको अधिकार रहेको सहायक क्याम्पस प्रमुख ललितजंग शाहीले जानकारी दिए ।


क्याम्पस प्रमुख बस्नेतका अनुसार कोभिड १९ को संक्रमणलाई ध्यान दिंदै सामाजिक दुरी कायम गरी बैठकको आयोजना गरिएको थियो ।

 

निर्णयहरु हेर्नुहाेस् ः

MU1

MU2

MU3

२०७७ भदौ १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्