Birendranagar Municipality

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिए

सेरोफेरो
अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिए

१९ भदौ । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

 

पछिल्लो समय मन्त्री बनेको ६ महिनाको अवधि पूरा भएपछि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ।

 

यसअघि उनले अर्थ मन्त्रालयमा विदाइ कार्यक्रम आयोजना गरेका थिए भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि बिदा मागेका थिए।

 

शुक्रबारको मन्त्रिपरिषद्‌ बैठकमा अर्थमन्त्री खतिवडाले अरु मन्त्रीहरु र प्रधानमन्त्रीलाई आफ्नो कार्यावधिका लागि धन्यवाद दिएका थिए।

 

नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका हुन्।

२०७७ भदौ १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्