१९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ४ रहेको छ भने ६ हजार ५ सय ६१ जना क्वारेन्टिनमा रहेका छन्।
मन्त्रालयका अनुसार हालसम्म २ सय ७१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्