Birendranagar Municipality

शनिबार थपिए १ हजार ४१ कोरोना संक्रमित

सेरोफेरो
शनिबार थपिए १ हजार ४१ कोरोना संक्रमित

२० भदौ । नेपालमा शनिबार १ हजार ४१ कोरोना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्।हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

 

यस्तै पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ।

 

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

२०७७ भदौ २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्