२१ भदौ । आईतबार ९८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा ९८० जनामा कोरोनाको सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४६ हजार २ सय ५७ पुगेको छ ।
यसैगरी २४ घण्टामा १८१४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार ९ सय ४१ पुगेको छ ।
अब नेपालमा १७ हजार २७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २८९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्