Birendranagar Municipality

सुर्खेतमा २ संघ ४ प्रदेश निर्वाचन क्षेत्र निर्धारण : विरेन्द्रनगरका २ वडा टुक्राइयो

सेरोफेरो

१५ भदौ । निर्वाचन क्षेत्र निर्धारणको लागि गठित आयोगले बुधवार पेश गरेको प्रतिवेदन अनुसार सुर्खेत जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभाको लागि क्षेत्र निर्धारण गरेको छ ।


जसअनुसार प्रतिनिधि सभा अन्र्तगत क्षेत्र नं १ मा सिम्ता गाउँपालिका, गुर्वाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका, लेकवेशी नगरपालिका र विरेन्द्रनगर नगरपालिका वडा नं १५ र १६ परेका छन् ।

 

यसैगरी प्रतिनिधि सभाको लागि क्षेत्र नं २ मा विरेन्द्रनगरपालिका वडा नं १ देखि १४  (१४ वटा वार्डहरु), बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका परेका छन् । आयोगले तयार पारेको प्रतिवेदनमा विरेन्द्रनगर नगरपालिका वडा नं १५ र १६ लाइ टुक्रयाएर क्षेत्र नं १ मा पारिएको छ ।

 

यस्तै प्रतिनिधि सभा अन्तर्गत क्षेत्र नं १ मा रहेका स्थानिय तह मध्येबाट सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिका लाइ प्रदेश सभाको क्षेत्र नं १ मा राखिएको छ । यसैगरी भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, चिङगाड गाउँपालिका र विरेन्द्रनगर नगरपालिका वडा १५ र १६ लाइ प्रदेश सभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत समावेश गरिएको छ ।

 

प्रतिनिधि सभाको क्षेत्र नं २ अन्तर्गतका स्थानिय तहहरुबाट विरेन्द्रनगर नगरपालिका वडा नं १ देखि १४ लाइ (१४ वडाहरु) प्रदेश सभाको निर्वाचन क्षेत्र नं १ को रुपमा तोकिएको छ । यस्तै बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका तथा चौकुने गाउँपालिका लाइ प्रदेश सभाको क्षेत्र नं २ मा राखिएको छ ।

 

हेर्नुहोस् कुन स्थानिय तह कहाँ परे

Chetra of Surkhet

२०७४ भदौ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्