२१ भदौ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको पीसीआर परीक्षणमा आइतबार एकैदिन ५१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबैभन्दा धेरै सुर्खेतका ४२ जना, जुम्लाका ५ जना, जाजरकोटमा २ जना, दैलेख र रुकुम पश्चिममा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार सबैभन्दा बढी संक्रमित सुर्खेतको वीरेन्द्रनगरमा देखिएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ की एक महिलामा संक्रमण देखिएको छ । वडा नम्बर ४, मा मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ७ महिला र ९ जना पुरुष रहेका छन् ।
त्यस्तै वीरेन्द्रनगर वडा ५, ६, ७, ८, ९, १०, ११ र १२ का १५ जनामा संक्रमण देखिएको छ । जसमा तीन वर्षीया बालिकासहित ५ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
चिङ्गाड गाउँपालिकामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ । यसैगरी चौकुने गाउँपालिकाका दुई जना महिलासहित ४ जना पुरुष रहेका छन् । भेरीगंगा नगरपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको छ । यससँगै कर्णणालीमा कोरोना संक्रमितको संख्या २६४९ पुगेको छ ।
कर्णालीमा आइतबार थप २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २३०७ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ३३६ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्