Birendranagar Municipality

कर्णालीका ढकाल र खत्रीलाई निजामति सेवा पुरस्कार

सेरोफेरो
कर्णालीका ढकाल र खत्रीलाई निजामति सेवा पुरस्कार

२२ भदौ । यस वर्षको निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत भएका छन् । जसमध्ये १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गरिने भएको हो ।


यद्धपी सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार भने कसैलाई दिएको छैन । लगातार चार वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी छनौट हुन सकेका छैनन् ।


सरकारले निजामती सेवा दिवसको अवसरमा ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्दै आएको छ ।

 

निजामति सेवा दिवसमा कर्णाली प्रदेशबाट २ जना कर्मचारी पुरस्कृत भएका छन् । जसमध्ये वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल र जिल्ला प्रशासन कार्यालय सल्यानका कार्यालय सहयोगी गेदलाल खत्री छन् ।

 

१७ औं निजामती सेवा दिवस २०७७ मा पुरस्कृत हुने कर्मचारीहरुको नामावली

२०७७ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्