२२ भदौ । कानून व्यवसायीको छाता संस्था नेपाल बार एशोसिएशनले कोरोना बाट प्रभावित तथा दैनिक खर्च चलाउन नसक्ने कानुन व्यवसायीहरुको लागी सापटी स्वरुप २५ हजार सापटी दिने निर्णय गरेको छ ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले एक सुचना जारी गर्दे ६ महिनाको लागी सापटी दिने निर्णय गरेको जानकारी दिए । भदौ २१ गते बसेको बारको बैठकले उक्त निर्ण गरेको हो ।
साथै कानून व्यवसायी विपद् राहत कोषमा सवै मनकारीहरुले सहयोग गरिदिन समेत बारले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्