Birendranagar Municipality

पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ३२६ जना संक्रमित

सेरोफेरो
पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ३२६ जना संक्रमित

२२ भदौ । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ३३८ महिला र ६४१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा ३२६ जनामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा छन् ।

 

यस्तै मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१र४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९/१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६/१६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

 

गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६/६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३/३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २/२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२०७७ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्