२३ भदौ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै कर्णालीमा हालसम्म २६९१ जना संक्रमित भएका छन् । जस अन्र्तगत सुर्खेतका ११ जना, दैलेखका २ जना, कालिकोटका १, बर्दियाका २ जना र बाँकेका १ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल सम्म कोरोनाका कारण प्रदेशमा ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा २३ जना डिस्चार्ज भएका छन् । हाल सम्म २३४० जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ ।
कर्णालीमा ३४५ जना सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्