२५ भदौ । एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारले कानुन बनाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने बताएका हुन् ।
कानुनको मस्यौदा १५ दिनभित्र तयार गरिसक्न प्रधानमन्त्रीले कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
बिहीबार १२ जना एसिड पीडितहरूसँग प्रधानमन्त्रीले संवाद गरेका थिए । एसिड आक्रमणमा परेकाहरूलाई उपचार र निशुल्क पढ्ने व्यवस्था मिलाउने पनि प्रधानमन्त्री ओलीले बताएका छन्।
नेपालमा एसिड आक्रमणका १७ घटनामा १९ जना पीडित छन्।
प्रतिकृया दिनुहोस्