Birendranagar Municipality

टुटल र पठाओले सेवा दिन थाले

सेरोफेरो
टुटल र पठाओले सेवा दिन थाले

२५ भदौ । राइड सेयरिङ सेवा दिने नेपाली कम्पनी टुटल र पठाओले सेवा शुरु गरेका छन् ।

 

काठमाडौं उपत्याकामा निषेधाज्ञा खुकुलो भएसँगै आवश्यक सतर्कतासहित उक्त सेवा शुरु गरिएको टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।

 

उनका अनुसार राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरिएको हो । भट्टले यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

 

यस्तै पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा सेवा चाहनेहरूलाई नियमित सेवामा दिने बताएको छ ।

 

पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतका अनुसार राइडरहरूलाई सेनिटाइजर, प्रोटेक्टिभ मास्क, सुरक्षात्मक कपडा लगाएर मात्रै सेवा दिन भनिएको छ ।

 

सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने भावनासहित सेवा शुरु गरिएको बस्नेतले बताए ।

२०७७ भदौ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्