Birendranagar Municipality

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार नाघ्यो, २४ घण्टामा १२४६ जनामा कोरोना पुष्टि 

सेरोफेरो
नेपालमा  कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार नाघ्यो, २४ घण्टामा १२४६ जनामा कोरोना पुष्टि 

२५ भदौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० हजार चार सय ४६ पुगेको छ । गएको २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा ११ हजार एक सय ४४ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुगेको छ ।

 

अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ भदौ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्