२५ भदौ । लोक तथा दोहोरी गायक पवन वलीको भर्खरै मात्र बजार आएको ‘धानै कुट्ने ढिकी’ गितले दर्शक तथा श्रोतहरुको मन जित्न सफल भएको छ । गायक वलीले फरक तथा मौलिक शैलीको नयाँ लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन्।
कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिएका वलीले यही हप्ता आफ्नै युट्युब च्यानलबाट ‘धानै कुट्ने ढिकी’ सार्वजनिक गरेका हुन्। अमेरिका बस्दै आएका वलीले नेपाली गीत तथा संगितको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउदै आएका छन् ।
‘धानै कुट्ने ढिकी’ लाई सामाजिक संजाल टिकटकमा धेरै अभिनय गरिएको छ ।
गायक पवन वली र गायिका विष्णु माझीको स्वर रहेको यस गितको म्युजिक भिडियोमा नायक पल शाह र नायिका एलिजा गौतमले नृत्य रहेको छ। यस गितमा लय र शब्द गायक वलीको नै रहेको छ ।
‘गत वर्ष ‘माछी बस्यो’ भन्ने गित ल्याएका वलीका थुप्रै चर्चित लोकगितहरु बजारमा छन् । ‘परदेशको बास’, बुटवल बसपार्क’, ‘गरिबको जिन्दगी’, ‘मनको पीर’, ‘खोली झर्यो गाई’, ‘अक्षतामा दही’, ‘थाकेँ धाउँदा धाउँदा’लगायतका गीत लोकप्रिय बनेका थिए। विदेशमा रहे पनि नेपाली लोक गीत संगीतलाई निरन्तरता दिँदै जाने वलीले बताए।
प्रतिकृया दिनुहोस्