Birendranagar Municipality

नेपालमा एकै दिन १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

सेरोफेरो
नेपालमा एकै दिन १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

२६ भदौ । गएको २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नौ सय १९ पुगेको छ ।


एकैदिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि अहिले सम्मको धेरै हो ।

 

पछिल्लो २४ घण्टामा १० हजार सात सय एक जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । गएको २४ घण्टामा नौ सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।

 

अब नेपालमा १४ हजार नौ सय २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ भदौ २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्