Birendranagar Municipality

विद्युत प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन ओली सहमत

सेरोफेरो
विद्युत प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन ओली सहमत

२७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई दोहोर्‍याउन सहमत भएका छन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेपछि ओली त्यस्तो निर्णयमा पुगेका हुन्।

 

शुक्रबारको स्थायी कमिटि बैठक लगत्तै ओली र प्रचण्डबीच कुलमानलाई प्राधिकरणमा दोहोर्‍याउने सहमति भएको थियो । त्यस लगत्तै ओलीले लाइन मिनिस्टर वर्षमान पुनलाई बालुवाटार बोलाएर कुलमानलाई दोहोर्‍याउने गरी प्रस्ताव मन्त्रिपरिषदमा ल्याउन निर्देशन दिएका छन्।

 

शुक्रबार प्रधानमन्त्रीबाट निर्देशन पाएपछि उर्जामन्त्री पुनले प्रस्ताव तयार पारेर आगामी मन्त्रीपरिषद बैठकमा पेश गर्ने तयारी गरेको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

 

घिसिङ्गको चार वर्षे कार्यकाल भदौ २९ गते सकिँदै छ । आफ्नो कार्यकालमा उनले लोडसेडिङ्गको समस्यालाई हटाएर प्राधिकरणलाई नाफा दिलनएका छन् । प्राधिकरणमा कुलमानलाई नै निरन्तरता दिनु पर्ने भन्दै सामाजिक सञ्जालमा अभियान पनि चलेको थियो ।

२०७७ भदौ २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्