२७ भदौ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतकमध्ये ३६ वर्षीय सुदीप अधिकारीले ३२ वर्षीय श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्तको हत्यापश्चात् आत्महत्या गरेको अनुमान गरिएको छ ।
उनले केही दिनअघि श्रीमती र छोराको हत्या गरेर केही दिनपछिमात्र आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानमा देखिएको छ। सम्झना र सुशान्तको फोनमा गएको सोमबार अन्तिमपटक सम्पर्क भएको अनुसन्धानबाट खुलेको छ ।
भुइँतलासहित चार तला रहेको घरको दोस्रो, तेस्रो र चौथो तलामा एक–एक वटा शव भेटिएको थियो। सबैभन्दा माथिको तलामा सुदिपको शव छ। दोस्रो तलाको बाहिर कुकुर पनि मरेको अवस्थामा भेटिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखालगायतले घटनाको अनुसन्धान गरिरहेका छन्।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार आमा र छोराको शव गन्हाउन थालेको अवस्थामा भेटिएको थियो भने बुबाको शव भने एक–दुई दिनअघि मात्र मृत्यु भएको जस्तो देखिने अवस्थामा छ।
प्रहरीका अनुसार घरको कुनैपनि ढोका लगाइएको थिएन, ढप्क्याइएको मात्र थियो। सुदीपका भाईले मासु लिएर जाँदा यस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिकृया दिनुहोस्