Birendranagar Municipality

पछिल्लो २४ घण्टामा १२०२ जना कोरोना सङ्क्रमित थपिए, १४ जनाको ज्यान गयो

सेरोफेरो
पछिल्लो २४ घण्टामा १२०२ जना कोरोना सङ्क्रमित थपिए, १४ जनाको ज्यान गयो

२७ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा १२०२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ७६ जनाको पीसीआर भएकोमा १२०२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै सङ्क्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

 

आज नेपालमा १५ हजार २ सय ६० जना सक्रिय सङ्क्रमित छन् । यस्तै गएको २४ घण्टामा ८ सय ५२ जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

 

यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ३ सय ३६ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ भदौ २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्