२८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा कोरोना संक्रमितहरूको मनोबल बढाउन असोज १ गते बिहिबार राति ८ बजे घरघरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरेको छ।
विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर दीप प्रज्वलनका लागि आग्रह गरिएको स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले जानकारी दिए ।
दीप प्रज्वलनकै समयमा कोरोनाबाट मृत्यु भएकाहरुको सम्झनमा गर्दै एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।
यसका साथै सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा असोज ७ गते माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने मन्त्रालयको तयारी छ।
प्रतिकृया दिनुहोस्