Birendranagar Municipality

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय

सेरोफेरो
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय

३० भदौ । सरकारले राष्ट्रियसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ।

 

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त एक सिटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको हो।

 

गौतम २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।

 

यस्तै बैठकले सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई दिएको छ ।

 

कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्ने जनअपेक्षा भएपनि यसबारे कुनै निर्णय हुन सकेन ।

२०७७ भदौ ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्