३१ भदौ । सरकारले नयाँ नक्सा राखेर एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सरकारको अनुमति पाएसँगै अब लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासनको प्रक्रिया शुरु हुने राष्ट्र बैंकले बताएको छ ।
प्रतिकृया दिनुहोस्