३१ भदौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा १० हजार चार सय ९४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार ६८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार सात सय ६ पुगेको छ ।
अब नेपालमा १६ हजार दुई सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार आठ सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
कर्णालीमा ५१ जनामा कोरोना पुष्टि :
कर्णाली प्रदेशमा आज ५१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४९, चौरजहारी र दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा एक/एक जनामा कोरोना पुष्टि भएको समाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
कर्णालीमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९१४ पुगेको छ । यसैगरी कर्णालीमा ३५ जना डिस्चार्ज भएको माहाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्