Birendranagar Municipality

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित, पदावधि ६ वर्ष

सेरोफेरो
वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित, पदावधि ६ वर्ष

१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गरेकी छन्।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन्।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

 

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्वर १ बाट पराजित भएका गौतम ६ बर्षसम्म राष्ट्रियसभा सदस्य रहनेछन् ।

२०७७ असोज १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्