Birendranagar Municipality

१७७ दिनपछि खुले गाडी, विश्वकर्मा पूजा गरेर यात्रा शुभारम्भ

सेरोफेरो
१७७ दिनपछि खुले गाडी, विश्वकर्मा पूजा गरेर यात्रा शुभारम्भ

१ असोज । लकडाउनका कारण थन्किएका लामो दूरीका गाडी १ सय ७७ दिनपछि बिहिबारदेखि चल्न थालेका छन् ।

 

कोरोना भाइरस रोकथामका लागि सरकारले गत चैत ११ देखि देशैभर लकडाउन लागू गरेको थियो ।

 

सरकारले सोमबार आवश्यक सावधानी अपनाएर लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 

यससंगै बिहिबार विश्वकर्मा पूजा समेत परेकाले अधिकांश गाडी धनी तथा चालक, सहचालकले गाडीको विशेष पूजा समेत गरेका छन् ।

 

सरकारले आधा सिट भरिने गरी यात्रु ओसार्न तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने अनुमति दिएको छ ।

२०७७ असोज १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्