Birendranagar Municipality

एकैदिन २०२० जनामा कोरोना संक्रमण

सेरोफेरो
एकैदिन २०२० जनामा कोरोना संक्रमण

२ असोज । गएको २४ घण्टामा दुई हजार २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६१ हजार पाँच सय ९३ पुगेको छ ।


गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २० जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा आठ सय ७१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४३ हजार आठ सय २० पुगेको छ ।

 

नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा ७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ असोज २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्