५ असोज । कोरोना महामारीका कारण ६ महिनादेखि देशभर बन्द आन्तरिक उडान आज ९सोमबार० देखि खुला गरिएको छ। नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला गरिएको हो।
सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि ५ दिन पछि सरेको हो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उडानका लागि तोकिएका स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएका छन्।
सोमबारदेखि भने वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन्। तर उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ। त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ।
पूर्ण क्षमतामै उडान भर्न पाउने संकेत पाएपछि विमान कम्पनीहरूले गत शुक्रबारदेखि नै बुकिङ खुला गरेका छन्। अहिलेसम्म धेरैजसो वायु सेवा कम्पनीले ५० प्रतिशत बुकिङ भइसकेको जनाएका छन्।
प्रतिकृया दिनुहोस्