Birendranagar Municipality

एकैदिन देशभर ११७२ जना संक्रमित थपिए, उपत्यकामा मात्र ६३७ संक्रमित

सेरोफेरो
एकैदिन देशभर ११७२ जना संक्रमित थपिए, उपत्यकामा मात्र ६३७ संक्रमित

७ असोज । देशभर एकैदिन ११७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६७ हजार ८ सय ४ पुगेको छ


गएको २४ घण्टामा नौ हजार चार सय ९७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार आठ सय ९३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४९ हजार नौ सय ५४ जना पुगेको छ ।

 

अब नेपालमा १७ हजार चार सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय चार जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४३६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

 

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ भने ६३७ जनामा संक्रमण देखिएको छ। प्रवक्ता डा. गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६३७ जनामा संक्रमण र उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो।

२०७७ असोज ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्