९ असोज । नेपालमा एकैदिन १३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यो संगै नेपालभर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १३ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार चार सय ५५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।
अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्