Birendranagar Municipality

लोकसेवाको रोकिएको परीक्षा कात्तिक १८ गतेदेखि हुने

सेरोफेरो
लोकसेवाको रोकिएको परीक्षा कात्तिक १८ गतेदेखि हुने

९ असोज । कोरोना संक्रमणको जाेखिमका कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैँ लगत्तै शुरु हुने भएको छ। आयोगले बिहीबार गरेको निर्णयअनुसार अधिकृत तह र नावय सुब्बा तहको परीक्षा कात्तिक १८ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो।

 

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईका अनुसार न्याय सेवा तर्फको अधिकृत तहको जाँच कात्तिक १८ गते प्रथम, १९ गते द्धितीय र २० गते तृतीय विषयको परिक्षा हुनेछ। त्यस्तै व्यवस्थापिका संसद सेवाको २१ र २२ गते हुनेछ।

 

आयोगका अनुसार परराष्ट्र सेवा, सामान्य प्रशासन सेवा, लेखापरीक्षण र संसद सेवा तर्फको परिक्षा कात्तिक २३ गतेदेखि २७ गतेसम्म हुनेछ। अधिकृत तहको परिक्षा यसअिघ गत चैत १७ गतेदेखि तोकिएको थियाे । सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेस‌ंगै आयोगले सम्पूर्ण परिक्षा स्थगित गरेको थियो।

 

होमेगाईका अनुसार नासु तहको परिक्षा मंसिर ७ गतेदेखि सुरु हुनेछ। सुब्बाको द्वितीय पत्र समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनको परिक्षा ७ गते र तृतीय पत्र सेवाअुनसार ८ गतेदेखि १२ गतेसम्म निरन्तर हुनेछ।

PSC notice

२०७७ असोज ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्