Birendranagar Municipality

प्रज्वल पराजुलीको उपन्यास ‘इमिली गुइमेट पुरस्कार’को छनौट सूचीमा

एजेन्सी
प्रज्वल पराजुलीको उपन्यास ‘इमिली गुइमेट पुरस्कार’को छनौट सूचीमा

९ असोज ।सिक्किमका नेपालीभाषी लेखक प्रज्वल पराजुली फ्रान्सको ‘इमिली गुइमेट पुरस्कार २०२०’ का लागि पहिलो छनौटमा परेका छन्। पराजुलीको ‘ल्याण्ड ह्वेयर आइ फ्ली’ को फ्रेन्चमा अनुवादित पुस्तक ‘फ्‍युइर इट रिभेनियर’ छनोटमा परेको हो।

 

फ्रान्सको एस्टिएर पिचर साहित्‍य तथा फिल्म एकेडेमीले बिहीबार घोषणा गरेको पत्रकार सम्‍मेलनमा पराजुली छनोटमा परेको अन्तर्राष्ट्रिय सञ्‍चार माध्‍यमहरुले उल्लेख गरेका छन्।

 

उक्त पुरस्कार फ्रान्सको इमिली गुइमेट म्‍युजियमले प्रत्‍येक वर्ष एकजना एसियाका लेखकलाई दिँदै आएको छ जसको कृति फ्रेन्च भाषामा अनुवाद गरिएको हुन्छ।

 

पराजुलीकाे पुस्तकमा नेपाली मूलका भारतीय विश्‍वका धेरै ठाउँमा बसेर गान्टोक फर्किएको र आफ्नो ८४ वर्षकी हजुरआमाको जन्मदिन मनाएको बारेमा उल्लेख गरिएको छ।

 

पराजुली पनि गान्टोक निवासी हुन्। उनी भारतीय बुवा र नेपाली आमाका सन्तान हुन्। उनी अहिले न्यूयोर्कमा बसोबास गर्छन्।

 

पराजुलीले विगतमा पनि बेलायतको डाइलन थोमस पुरस्कार र कथा विधामा अमेरिकाबाट पुरस्कार पाइसकेका छन्। उनी दक्षिण अफ्रिकाको ओप्राह बुक क्लब र डाइलन थोमस पुरस्कारबाट सम्मानित भइसकेका छन्।

 

उनले लेखेको कथासंग्रह ‘गोर्खाज डटर’ नेपाली भाषामा अनुवाद भएको छ।

२०७७ असोज ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्