Birendranagar Municipality

बोत्सवानामा ३५० हात्ती मर्नुको अनौठो कारण रहेछ!

एजेन्सी
बोत्सवानामा ३५० हात्ती मर्नुको अनौठो कारण रहेछ!

मृत केही हात्तीको एरियल तस्बिर। (सावधानीः यो समाचारमा प्रयोग भएका तस्बिरहरु केही मानिसका लागि विभत्स वा विचलित पार्ने खालका हुन सक्छन् ।)

 

११ असाेज । अफ्रिकी देश बोत्सवानामा केही महिनाअघि ३५० भन्दा बढी हात्ती मर्नुको कारण खुलेको छ।

 

बोत्सवाना सरकारका अनुसार पछिल्लो पटक भएको अनुसन्धानबाट पानीको स्रोतमा पाइएको दुर्लभ प्रकारको एल्गी (झ्याउ) ले उत्पादन गरेको विषादीका कारण हात्तीहरु मरेको पुष्टि भएको हो।

 

एल्गीमा साइनोब्याक्टोरियल न्यूरोटक्सिन नामक विषादी बनेको र सोही कारण हात्तीहरु मरेको खुलेको बोत्सवानाका वन विभागका प्रमुख भेटेरेनरी अफिसर मादी रुबेनले बताएका छन् ।

 

तर सो विषादीका कारण हात्ती मात्रै प्रभावित हुनुको कारण भने खुलेको छैन र त्यो अझै अनुसन्धानकै विषय रहेको उनले बताएका छन् । विज्ञहरुले भने एल्गीमा बनेको विषादीका कारण हात्ती मरेको भन्ने कुरामा शंका व्यक्त गरेका छन् ।

 

दक्षिण अफ्रिका देश बोत्सवानामा गएको मे यता ओकावाङ्गो डेल्टा क्षेत्रमा कम्तिमा ३५० हात्तीको मरेका थिए ।

 

अफ्रिका हात्तीका लागि उपयुक्त बसोबास भएको क्षेत्र हो । तर त्यहाँ लगातार हात्तीको संख्या कमी आउँदै गएको छ । अफ्रिकी हात्तीको एक तिहाई संख्या बोत्सवानामा रहेको छ ।

२०७७ असाेज ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्