Birendranagar Municipality

बसले स्कुटीलाई ठक्कर दिँदा बाबु, आमा र छोराको मृत्यु

सेरोफेरो
बसले स्कुटीलाई ठक्कर दिँदा बाबु, आमा र छोराको मृत्यु

११ असोज । बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै पूर्वपश्चिम राजमार्गमा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

बाराका डीएसपी गौतम मिश्रका अनुसार मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका १० बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोरा रहेका छन् ।

 

निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं. २-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।

 

ठक्कर दिने बसका चालक फरार रहेकोले उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

२०७७ असाेज ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्