११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका लगायत मोरङ, चितवन र सुर्खेतमा काेराेना संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत् ६० वर्ष पुगेका, रक्तचाप, मधुमेहका विरामी, क्यान्सर र मृगौला रोगीहरूलाई घरबाहिर ननिस्कन आइतबार अनुरोध गरेका हुन्।
यदि निस्कनै परे त्यस्ता व्यक्तिहरूले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ। यस्तै भीडमा दुई मिटरको दूरी कायम गर्न र कामबाट फर्केपछि साबुन पानीले हात धुन अनुराेध गरिएकाे छ।
आइतबारमात्रै काठमाडौं उपत्यकामा ८ सय ९ जना सहित देशभर १ हजार ५ सय ७३ जना कोरोना संक्रमित थपिएका छन्।
प्रतिकृया दिनुहोस्