Birendranagar Municipality

एकैदिन २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

सेरोफेरो
एकैदिन २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

१६ असोज । नेपालमा एकैदिन २७ सय २२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ ।


पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा ३३ सय सात जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

 

यसैगरी आज डिस्चार्ज भएका संख्या र सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या अहिलेसम्मकै धेरै भएको मन्त्रालयले जनाएको हो।

 

अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ असोज १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्