१८ असोज । सर्वोच्च अदालतका न्यायाधीशहरुमा कोरोना पोजिटिभ देखिएपछि मुद्दा सुनुवाई प्रभावित भएको छ । न्यायाधीश पुरूषोत्तम भण्डारी र केही कर्मचारीलाई कोरोना देखिएको छ।
सर्वोच्च अदालत प्रशासनले एक सूचना जारी गर्दै न्यायाधीश, अधिकृत र कर्मचारीलाई कोरोना देखिएको जनाएको छ। सूचनामा नाम भने उल्लेख गरेको छैन। कति जना कर्मचारीमा कोरोना देखिएको हो भन्ने पनि सूचनामा उल्लेख छैन।
सर्वोच्च अदालत स्रोतले न्यायाधीश भण्डारी र अरू तीन कर्मचारीलाई कोरोना देखिएको बताएको छ।
संक्रमित न्यायाधीश र कर्मचारी तथा उनीहरूसँग सम्पर्कमा आएका न्यायाधीश र कर्मचारीहरू सबै आफ्नो घरमा आइसोलेसन र क्वारेन्टिन बसेको सर्वोच्चको सूचनामा उल्लेख छ।
सर्वोच्च अदालतलमा आइतबार एकल इजलासमात्र तोकिएको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासमा ११ मुद्नाको पेशी तोकिएको छ।

प्रतिकृया दिनुहोस्