Birendranagar Municipality

पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सेरोफेरो
पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१८ असोज । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा ८३० महिला र १४२३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

देशभर ६४ हजार ०६९ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र १३२९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका कारण ५३५ जनाको मृत्यु भएको छ ।

 

हाल देशभरमा २२ हजार २१९ संक्रिय संक्रमित छन् । ११ हजार ८९३ जना होम र १० हजार ३२६ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२६ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

एकैदिन काठमाडौं उपत्यकाका १५९९ जना संक्रमित थपिएका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

 

यसैगरी मोरङका ८१ जना, कैलालीका ५५, सुर्खेतका ५४, चितवन र रुपन्देही ५२/५२ जना, बर्दियाका ५०, नवलपुरका ४०, मकवानपुरका २२, कञ्चनपुरका २१, तनहुँका १९, झापाका १६, पाल्पाका १५, नुवाकोटका १४, बाँकेका १३ र काभ्रेका १० जनामा संक्रमण देखिएको छ ।

 

धनुषा र दाङका ९/९ जना, सनसरी, पर्सा, धादिङ, सिन्धुपाल्चोक, दैलेख ८/८ जना, बारा, सिराहा र लमजुङका ७/७ जना, सर्लाहीका ६, रौतहट र प्युठानका ५/५ जना, कास्की र स्याङ्जाका ४/४ जना, खोटाङ, सप्तरी र बाग्लुङका ३/३ जना, उदयपुर, दोलखा, रसुवा, रामेछाप, रुकुम पूर्व र सल्यानका २/२ जना तथा भोजपुर, संखुवासभा, महोत्तरी, नवलपरासी, कालीकोट, डडेलधुरा, बझाङ र बैतडीका १/१ मा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ असोज १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्