Birendranagar Municipality

प्रदेश ५ को नाम लुम्बिनी, स्थायी राजधानी भालुबाङ बनाउने प्रस्ताव पारित

सेरोफेरो
प्रदेश ५ को नाम लुम्बिनी, स्थायी राजधानी भालुबाङ बनाउने प्रस्ताव पारित

नक्सा : सामाजिक संजालबाट

२० असोज । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएको छ ।


मङ्गलबार प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको हो । मतदानमा ८३ जनाको उपस्थिति रहेको थियो ।

 

यसैगरी प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुर्इ तिहाइ बहुमतले पास भएको छ ।


प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ । प्रदेश सभाका ८७ सदस्यमध्ये मङ्गलबारको मतदान प्रक्रियामा ८२ जनाले भाग लिएका थिए ।

 

संविधानअनुसार दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी चयन भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे ।

२०७७ असोज २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्