Birendranagar Municipality

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या २५ हजार नाघ्यो

सेरोफेरो
नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या २५ हजार नाघ्यो

२१ असोज । नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या २५ हजार नाघेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको हो ।


अहिलेसम्म ९४ हजार दुई सय ५३ जनामा कोरोना सङ्क्रमण भएकोमा ६८ हजार ६ सय ६८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

बुधबार १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गरेकोमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या दैनिक विवरणमा अहिलेसम्मकै धेरै हो ।

 

यस्तै बुधबार १५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५७८ पुगेको छ ।

२०७७ असोज २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्